२३ जेठ २०८३, शनिबार

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

अ+
अ-

काठमाडौं, जेठ २१ । नापी विभागले ‘मेरोकित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।

एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी (OTP) उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था (Status) नियमित रूपमा हेर्न सक्नेछन्।

यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।

एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्