२३ जेठ २०८३, शनिबार

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा


अ+
अ-

काठमाडौं, जेठ १९ । भारतको सीमावर्ती क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकहरूको श्रम शोषण तथा ठगी भइरहेको सूचनापछि भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीको समन्वयमा ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ।
राजदूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्था केआईएन इन्डियासँगको सहकार्यमा उद्धार कार्य सम्पन्न गरिएको हो।
उद्धार अभियानअन्तर्गत उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीबाट सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ११५ महिला र ३३८ पुरुष गरी कुल ४५३ नेपाली नागरिकलाई जेठ १६ गते उद्धार गरी जिल्ला प्रहरी कार्यालय, रूपन्देहीलाई हस्तान्तरण गरिएको राजदूतावासले जनाएको छ।
उद्धार गरिएका व्यक्तिमध्ये ६ महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
यस उद्धार कार्यका लागि आवश्यक सहयोग र समन्वय प्रदान गर्ने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, केआईएन इन्डिया तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै निकायप्रति नेपाली राजदूतावासले आभार व्यक्त गरेको छ।
राजदूतावासले नेपाल सरकार तथा भारतस्थित नेपाली राजदूतावास भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रलोभनका नाममा गरिने यस्ता गतिविधिबाट सचेत रहन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्