२३ जेठ २०८३, शनिबार

राष्ट्रिय महिला अधिकार दिवसले समानता र सशक्तीकरणको यात्रालाई थप ऊर्जा दिएको छ : मन्त्री बादी


अ+
अ-

काठमाडौँ, जेठ १६ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले राष्ट्रिय महिला अधिकार दिवसले महिला अधिकार स्थापना, समानता र सशक्तीकरणको यात्रालाई थप ऊर्जा प्रदान गरेको बताएकी छन्।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री बादीले महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियानलाई अझ सशक्त बनाउन दिवसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी छन्। उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला, महिला अधिकारकर्मी तथा यस क्षेत्रमा क्रियाशील संघसंस्थालाई शुभकामना व्यक्त गरेकी छन्।
मन्त्री बादीले २०६३ साल जेठ १६ गते तत्कालीन प्रतिनिधिसभाबाट आमाको वा बाबुको नामबाट सन्तानले नागरिकता प्राप्त गर्न सक्ने, राज्यका सबै संरचनामा कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गर्ने, विभेदकारी कानुन खारेज गर्ने तथा महिलामाथि हुने हिंसा अन्त्य गर्ने विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पारित भएको स्मरण गर्दै सोही दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको बताएकी छन्।
उनले उक्त ऐतिहासिक निर्णयले महिलाको अधिकार सुनिश्चित गर्न, विभिन्न नीतिगत तथा संरचनागत सुधारका लागि मार्ग प्रशस्त गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेकी छन्। नेपालको संविधानले महिला सशक्तीकरण र समावेशी सहभागितालाई संस्थागत गरेको तथा स्थानीय तह, प्रदेश सभा, संघीय संसद् र मन्त्रिपरिषद्सम्म महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको उनले बताएकी छन्।
शुभकामना सन्देशमा संविधानले महिलालाई लैङ्गिक विभेदविना समान वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिताको हक सुनिश्चित गरेको उल्लेख गरिएको छ। संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्थाका कारण जननिर्वाचित निकाय र सरकारी सेवासहित विभिन्न क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गएको मन्त्री बादीको भनाइ छ।
उनले मातृ मृत्युदरमा कमी, महिला साक्षरता दरमा वृद्धि तथा महिला उद्यमशीलताको विकासजस्ता सूचकमा सकारात्मक सुधार देखिएको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्र विस्तारले महिला तथा सामाजिक सुरक्षाका क्षेत्रमा काम गर्न थप सहजता सिर्जना गरेको बताएकी छन्।
यद्यपि बालविवाह, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा परम्परागत हानिकारक अभ्यासहरू अझै पनि महिला सशक्तीकरण र न्यायपूर्ण समाज निर्माणका बाधकका रूपमा रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती अन्त्य गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन्।
मन्त्री बादीले राष्ट्रिय महिला अधिकार दिवसले महिला हकअधिकारको स्थापना र संरक्षणका लागि भएका ऐतिहासिक उपलब्धिको स्मरण गराउने उल्लेख गरेकी छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै

विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्