११ असोज २०८३, आइतबार

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड


अ
अ+
अ-

काठमाडौं, असार ३२ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’, ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’बीच कुनै विभेद नगरी सबैलाई समान रूपमा आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समितिबीच भएको दोस्रो बैठकमा उनले एउटै समय, एउटै संयन्त्र, एउटै प्रक्रिया र एउटै व्यवस्थामार्फत सबै लक्षित समुदायको आवास सम्बन्धी अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।
डंगोलले आवासको अधिकार सुनिश्चित नभएका परिवारप्रति समान दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गर्दै, “हामी ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’, ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’लाई विभेद गर्न सक्दैनौँ। अहिले जग्गामा अधिकार दिन खोजिएको हो कि आवासको अधिकार सुनिश्चित गर्न खोजिएको हो भन्ने विषय स्पष्ट हुनुपर्छ,” भनिन्।
उनले समस्या समाधानको केन्द्रबिन्दु जग्गाको स्वामित्वभन्दा नागरिकको दिगो आवास अधिकार हुनुपर्नेमा जोड दिँदै कारण वा अवस्था जे भए पनि आवासको अधिकारबाट वञ्चित परिवारलाई समान व्यवहार गरिनुपर्ने बताइन्।
बैठकमा भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलासहित समितिका सदस्य तथा अव्यवस्थित बसोबासको चाप रहेका काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूको सहभागिता रहेको थियो। बैठकमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि समन्वयात्मक र दीर्घकालीन ढंगले अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्