२२ श्रावण २०८३, शुक्रबार

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त


अ+
अ-

काठमाडौं, साउन २१ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवालाई प्रभावकारी बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ बमोजिम विभिन्न अस्पतालसँग आवश्यक सूचना आदान–प्रदान, उपचारसम्बन्धी समन्वय तथा सेवा सहजीकरणका लागि डा. जोशीलाई जिम्मेवारी दिइएको हो।
मन्त्रालयले उपचारसम्बन्धी समन्वय, सूचना आदान–प्रदान तथा सेवा सहजीकरणका लागि आवश्यक परे ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार नयाँ व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित समन्वय, सूचना आदान–प्रदान तथा उपचारसम्बन्धी सहजीकरणलाई एकीकृत रूपमा सञ्चालन गरिनेछ।
यस व्यवस्थाले लक्षित वर्गका नागरिकका लागि उपलब्ध १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी र सहज बनाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव

मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य

नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ

वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ...

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड...

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्