Tuesday, September 29, 2026 | 8:14 PM

नेवारबाट सिकौं, बाढीबाट बचौं


अ
अ+
अ-

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा पुग्छन्, तब त्यसलाई विपद भनिन्छ । प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर त्यसबाट हुने विपदलाई रोक्न सकिन्छ वा न्यूनीकरण गर्न सकिन्छ । मानव सभ्यता प्राकृतिक प्रकोपहरूबाट सुरुदेखि नै परिचित थिए र परिचित भएरै त्यसबाट सावधान हुँदै विपदबाट छेलिन्थे र मानव इतिहासलाई निरन्तरता दिँदै आइरहेको छ । यो भनेको नितान्त रुपमा अनुभवमा आधारित ज्ञान हो । 

विश्वका सभ्यताहरू प्रायः नदी किनारमा भएको पाइन्छ । मानव सभ्यता र नदीको पानी बीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्नु अतीशयोक्ती नहोला । हालै काठमाडौं उपत्यकाभन्दा केही दूरी उत्तरस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको वाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाको नदी किनारमा विध्वंश नै मचायो । यही बेला नदी किनारमा वस्ती बसाल्न नहुने र डाँडाको टुप्पा उपयुक्त हुने विचार वा टिप्पणी व्यक्त गरे । डाँडाका टुप्पा मात्रै सुरक्षित ठाउँ हो र ? पहिरो जाँदैन र ? यसको जवाफ ती टिप्पणीकर्तासँग संभवतः हुँदैन । नेपालमा डाँडाको टुप्पामा बसालिएका यस्ता थुप्र ठाउँ घरहरू छन् जहाँ एक घुट्को पानीका लागि पनि घन्टौ तल झरेर खोलाबाट पानी भरेर उक्लनु पर्दछ । कतिपय महिलाको विहान एक घाग्री पानी ओसार्नमा नै बित्छ । दैलेखबाट दूल्लू हिडेर गएको थिएँ र बाटोमा तिर्खा लागेर एक घरमा पानी माग्दा मोही खान दिए । पानी नदिई मोही खान दिनुको रहस्य हो, त्यहाँ पानी भन्ने कुरा दुर्लभ हो । 

नदी किनारमा मानव सभ्यताको विकास भएको भन्नुले नदीको किनारमा नै घरबस्ती बसाउनु भन्ने अर्थ लाग्दैन । सिन्धुघाँटीको सभ्यताबारे जान्ने भौतिक कुरा त्यसको पुरातात्विक अवशेष हुन् । पुरातात्विक अध्ययन गर्दा हडप्पा, मोहेनजोदाडो, लोथर कुनै पनि वस्ती नदी किरानसँग सटाएर बसालिएको छैन । केही दूरी र सुरक्षित स्थानमा बस्ती बसालिएको पाइन्छ । ठूलो बाढी आएर सिन्धु सभ्यता नष्ट भएको भनाई पनि पाइन्छ तर यो सर्वमान्य भने होइन । यो सभ्यता कसरी उजाडियो भन्ने प्रश्नको सही जवाफ पाउन सकिएको छैन । अन्य सभ्यता पनि यस्तै हो । गंगाको मैदानमा विकसित सभ्यताहरू पनि गंगाको किनारमा नै थिएन, अलि दूरीमा हो । भोटेकोशी बाढीले बगाएका घर वा वस्तीहरू नदीको किनारमा नै बसालिएका छन् । अझ भनौं, कतिपय घरको बलेसी नदी नै हो । भोटेकोशी बाढीको एक महिना नबित्दै फेरि देशका विभिन्न ठाउँमा बाढी र पहिरो आयो । यति बेला पनि बगाएका घरहरू नदीको नजिक नजिक नै बनाइएका हुन् । सामान्य अवस्थाका नदीहरू सँधै सामान्य नै हुँदैन भन्ने जानेर विगतका बाढीहरूलाई पनि ध्यानमा राखेर बस्ती बसाल्नु पर्दछ । यस्ता वस्तीहरूको नियमन राज्यले गर्दै रहनुपर्दछ । 

काठमाडौं उपत्यकाको मुख्य नदी बागमती हो । बागमतिमा पनि बरोबर बाढी आइरहेकै हुन्छ । बागमतीमा आएको बाढीले बगाएको, बागमतीको पानीले वस्ती डुबानमा पारेको आदि कुराहरू अचेल सुन्न पाइन्छ । बागमतीमा पानी बगिरहेको हजारौं वर्षअघिदेखि हो । संभवतः प्रत्येक वर्ष बाढी पनि आउँछ । तर त्यो बाढी प्रकोप मात्रै हो, विपद हुँदैनथ्यो । 

नेवार सभ्यता काठमाडौं उपत्यकामा विकास भएको हो । बागमती नदीको योगदानलाई ध्यानमा राखेर कतिपयले यसलाई बागमती सभ्यता पनि भन्ने गरेको पाइन्छ । यस सभ्यतामा कुनै पनि मानव वस्ती बागमती वा यसका सहायक नदीहरूको किनारभित्रै छिरेर बसालिएको पाइँदैन । उति बेला जनघनत्व नै कम भएको अवस्थामा मान्छेलाई नदी किनारमा किन छिर्नुपर्यो र भन्ने प्रश्न आउनसक्छ तर वास्तविकता त के हो भने, त्यसरी नदी किनारमा नै छिर्ने, नदीको जग्गा अतिक्रमण गर्ने तथा नदीलाई दुषित पार्न हुँदैन भन्ने ज्ञान हुनु हो । 

नदीको पनि आफ्नै जग्गा हुन्छ । नदीको जग्गा चिन्न सक्नु पर्दछ । नदीलाई आफ्नो जग्गामा बग्न कसैसँग सोधेर बस्नु पर्दैन । जहाँ जहाँ नदीलाई थुन्न खोज्छ वा नियन्त्रणमा राख्न खोज्छ, त्यहाँ त्यहाँ नदीले बेला बेलामा विद्रोह गर्ने हो । तटबन्दी गरेर नदीलाई साँघुरो त पार्न सकिएला तर त्यसको जवाफमा नदीले पींधलाई खियाउँदै बग्छ । पींध जति गहिरिँदै जान्छ, अन्ततः किनारलाई भत्काउने हुन्छ । भदौ १० गतेको भोटेकोशी बाढीपछि त्रिशुली नदिले यसैगरी पींध काट्दा कृष्णभीरमा गएको पहिरो र बाटोलाई गरेको नोक्सानी यसको ज्वलन्त उदाहरण हो । त्यसको माथिबाटै अर्को बाटो बनाईसक्दा पनि यसको दीगो समाधान अझै हुन सकेको छैन । नदीलाई प्राकृतिक रुपमा बग्न नदिनु विपत्ती निम्त्याउनु हो । 

बागमतीको जग्गा अतिक्रमण हुन थालेको केही दशकभित्रको घटना हो । काठमाडौंमा बस्तीको विकास व्यवस्थित रुपमा गरिएको हुन्थ्यो । विगतमा बस्तीहरूको विकास एउटा निश्चित लयमा बसालिएको पाइन्छ । प्रायः वस्तीहरू एउटै लयमा हुँदा अर्को बस्तीका लागि त्यो अन्जान बस्ती हुँदैन । यही नेवार वास्तुकला हो । त्यही बस्तीको खेतवारी भने बागमती किनारमा रहेका हुन्थे । तर समयक्रममा अहिले नेवार सभ्यता उपेक्षित अवस्थामा छ । यसलाई बुझ्नेभन्दा यसप्रति द्वेषभाव राख्ने, अहंपनाको प्रदर्शन गर्ने तथा व्यक्तिगत स्वार्थपनालाई नै सफलता ठान्नेको प्रभाव बढ्दो छ । राज्यले नै बागमती किनारा मासेर बस्ती बनाउने, ठुल्ठूला संरचना बनाउने तथा प्रदूषण बढाउने कार्यमा प्रोत्साहित गरिहरेको पाइन्छ । बेला बेलामा बागमतीको पानी बढ्दा मान्छेहरू घरमा नदी पसेको भनेर दुखेको पोख्छन् तर नदीमा घर पसेको कुरा बुझ्दैनन् । नदी किनारको जग्गा यस्सरी अतिक्रमण गर्छन् कि, मानौं त्यो उसको अधिकारको कुरा हो । सार्वजनिक जग्गा मिच्न पाउँदैन भनेर कसैले विरोधै ग¥यो भनेपनि राज्यशक्तिमा आफ्ना मान्छे भएको भन्दै वा राज्यको धाकधम्की मिच्नमा कति पनि कसर बाँकी राख्दैनन् । अहिले बागमतीमा बाढी आएर विपदमा पर्ने हुनेहरूको कारण यही हो । 

बागमतीमा अहिले एउटा त्रास बढेको छ, काठमाडौं उपत्यकाको सबै नदीहरू बागमती नदीमा मिसिने हो र बागमतीको निकास चोभार गल्छी मात्रै हो । यो गल्छी साँघुरो छ । कथंकदाचित यो गल्छी थुनियो भने काठमाडौंमा तबाही मच्चिन्छ । तर वास्तविकता  के हो भने, संत्रास फैलाएजस्तो यो गल्छी पूरै थुनियो भने पनि पूरै काठमाडौ जलमग्न हुने होइन । यो गल्छीको उचाई सबैभन्दा होचो भागमा छ र कथंकदाचित गल्छी थुनियो नै भनेपनि थोरै मात्र भाग जलमग्न हुने हो जुन भूभाग मानव वस्तीका लागि प्रयोगमा नै थिएन तर अहिले जथाभावी वस्ती बसाल्ने क्रममा स्वरुप बदलिएको मात्रै हो । नेवार सभ्यताले यही घरवस्तीहरूलाई चिन्दैन बरू नेवार सभ्यतालाई चुनौती दिन आएका हुन् । घरवस्ती निर्माण नगरिने ठाउँमा बस्ती बसाल्न आउनु र राज्यले तिनीहरूलाई नै संरक्षण दिनु आफैमा कमजोरी वा लापरवाही हो । यतातिर कहिल्यै ध्यान दिएको पाइएन । 

आफ्नो वस्तीको सुरक्षा आफैले गर्ने हो । यसको लागि सर्वप्रथम कहाँ बस्ती बसाल्दा हुन्छ वा हुन्न भनेर सोचविचार गर्ने हो । पुराना नेवार वस्तीहरू नदी किनारमा प्रायः बनाइँदैन, अलि अग्लो ठाउँमा नै हुने गरेको पाइन्छ । यो कुरालाई बुझ्न नसक्ने कथित विकासविद्हरू अहिले काठमाडौंमा जथाभावी निर्माण संरचनाहरू बनाउँदै हिडिरहेको पाइन्छ । उदाहरणका लागि काठमाडौं उपत्यकाको शिरमा अहिले धापड्याम बनाएर ठूलो जलराशी संचय गर्दैछन् । त्यसको सँगै फेरि नागमती नामको जलभण्डारको निर्माण गरिरहेका छन् । यसको औचित्य पुष्टि हुँदैन । कथंकदाचित भूकम्प वा अन्य कारणले त्यो जलभण्डार फुट्यो भने काठमाडौं उपत्यकाका उत्पात मच्चिने छ ।  उत्पात नमचुञ्जेल सँधै त्रासदीमा जिउनु पर्ने हुन्छ । अब अर्को प्रश्न उठ्छ, यो त्रासदी अनिवार्य आवश्यकता हो र ? 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...

The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

The search for history in the story of Yanya (Indrajatra)

The search for history in the story of Yanya (Indrajatra)

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

When a Newa started insulting a Newar

When a Newa started insulting a Newar

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

Indrajatra: Archaic name of the ancient Yaya

Indrajatra: Archaic name of the ancient Yaya

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्