११ जेठ २०८३, सोमबार

हिमपातका कारण पदयात्रा र पर्यटन प्रभावित: हिमाली जिल्लाहरूमा प्रशासनको सतर्कता सूचना जारी


अ+
अ-

काठमाडौं, कार्तिक ११ । पश्चिमी वायु प्रणाली र अरब सागरबाट उत्पन्न न्यून चापीय प्रभावका कारण मुलुकका हिमाली तथा उच्च पहाडी भूभागमा व्यापक हिमपात सुरु भएपछि कास्की, मनाङ, मुस्ताङ, म्याग्दी र ताप्लेजुङका जिल्ला प्रशासन कार्यालयहरूले यात्रु र पर्यटकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले कार्तिक १० देखि १२ गतेसम्म देशका गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएपछि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले औपचारिक सूचना जारी गर्दै सचेतना अपनाउन आग्रह गरेका हुन्।

कास्की प्रशासनले मंगलबार जारी गरेको सूचनामा भनेको छ —

“हाल गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेकोले पदयात्रा र पर्वतारोहणका क्रममा मृत्युजस्ता जोखिम बढ्न सक्ने देखिन्छ। यस कारणले पर्यटन व्यवसायी, पदयात्री, होटल सञ्चालक तथा यातायात व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।”

कास्की प्रशासनले विशेषगरी अन्नपूर्ण पदमार्ग (एबिसी), घोरेपानी, पुनहिल, धौलागिरी पदमार्ग, मोहरेडाँडा क्षेत्र लगायतका पदयात्रा गन्तव्यमा तत्काल यात्रा स्थगित गर्न वा अत्यावश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, उच्च भूभागमा पुगेका पर्यटक वा स्थानीयले “उच्च उचाइमा अभ्यस्त (अक्लाइमटाइज)” हुने प्रक्रिया पुरा नगरी यात्रामा नजान र हावापानीको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न निर्देशन दिएको छ।

त्यस्तै, म्याग्दी जिल्ला प्रशासन कार्यालय, बेनीले पनि मंगलबार सूचना जारी गर्दै अन्नपूर्ण क्षेत्रमा हल्का हिमपात सुरु भएको र अझ बढ्ने सम्भावना रहेकाले त्यहाँ पदयात्रा वा आरोहण गर्न नजान आग्रह गरेको छ। सूचनामा भनिएको छ —

“अनावश्यक यात्रा रोक्न, उच्च पहाडी क्षेत्रतर्फको पदयात्रा स्थगित गर्न तथा विदेशी नागरिकहरूले पनि आफू रहेका स्थानमा सुरक्षित रहन अनुरोध गरिएको छ। आज रातिदेखि १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प (एबिसी) क्षेत्र जाने रोकिन अनुरोध गरिएको छ।”

त्यस्तै, मनाङ, मुस्ताङ र ताप्लेजुङ प्रशासन कार्यालयहरूले पनि हिमपात र खराब मौसमका कारण सडक तथा पदयात्रा मार्गहरूमा जोखिम बढेको भन्दै स्थानीय बासिन्दा, पर्यटक र यात्रुहरूलाई सजग रहन निर्देशन दिएका छन्।

मौसमविद्हरूका अनुसार हाल पश्चिमी वायू प्रणालीको प्रभाव अझ सक्रिय रहँदा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ।

प्रशासनहरूले जारी गरेका मुख्य सिफारिसहरूमा पदयात्रा अघि मौसम विज्ञान विभागको अद्यावधिक सूचना पालना गर्न, उच्च पहाडमा यात्रा गर्दा आवश्यक औषधि, न्यानो कपडा र अक्सिजन तयारी गर्न, हिमपात भइरहेका वा हुने क्षेत्रतर्फको यात्रा स्थगित गर्न भनेकाे छ । यस्तै, पदयात्रा मार्गका होटल, व्यवसायी र सञ्चालकहरूले यात्रुहरूको अवस्थाबारे समयमै जानकारी लिन र सुरक्षाको व्यवस्था मिलाउन, आकस्मिक घटनामा तत्काल सम्बन्धित प्रशासन वा सुरक्षा निकायलाई खबर गर्न भनिएकाे छ ।

हिमपातका कारण अन्नपूर्ण, धौलागिरी, मनाङ र मुस्ताङ क्षेत्रमा पर्यटक आवागमन आंशिक रूपमा रोकिएको र केही पदमार्गहरूमा स्थानीय निकायहरूले अस्थायी रूपमा यात्रा बन्द गराएका छन्।

प्रशासनहरूले नागरिक र पर्यटकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै भनेका छन्, “जीवन र सुरक्षाभन्दा ठूलो यात्रा र गन्तव्य छैन, कृपया मौसम अनुकूल भएपछि मात्र यात्रा गर्नुहोस्।”

फाेटाे: सामाजिक सञ्जाल

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश:  प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्