११ श्रावण २०८३, सोमबार

मोबाइल फोनमार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनबारे प्राधिकरणमा छलफल


अ+
अ-

काठमाडौं, साउन ४ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मोबाइल फोन प्रसारण प्रणाली (Cell Broadcasting for Early Warning) मार्फत विपद् पूर्वचेतावनी प्रणाली कार्यान्वयनका विषयमा छलफल भएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षता तथा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको विशेष उपस्थितिमा भएको छलफलमा विपद् व्यवस्थापन तथा प्रसारणसँग सम्बन्धित संघीय मन्त्रालय र निकायका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा मोबाइल फोन प्रसारण प्रणालीलाई एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण अंगका रूपमा विकास गर्ने विषयमा विचारविमर्श गरिएको थियो। यस प्रविधिमार्फत मोबाइल सञ्चार प्रणालीको रेडियो एक्सेस नेटवर्क प्रयोग गरी विपद्को जोखिममा रहेका लक्षित भौगोलिक क्षेत्रमा रहेका सबै मोबाइल फोनमा एकैसाथ पूर्वचेतावनी सन्देश प्रसारण गर्न सकिने जानकारी दिइएको थियो।
सहभागीहरूले बाढी, पहिरो, डुबान, आकस्मिक बाढीलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा समयमै पूर्वचेतावनी पुर्‍याउन सेल ब्रोडकास्टिङ प्रणाली प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले यस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायबीच समन्वय, प्राविधिक तयारी तथा आवश्यक नीतिगत व्यवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको उपयोग बढाउँदै पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको प्राधिकरणले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद...

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्