११ जेठ २०८३, सोमबार

विपक्षी दलका नेता आङ्देम्बेको संसदमा भने, ‘गिनिज बुकमा प्रधानमन्त्रीको नाम लेखिने भयो’


अ+
अ-

काठमाडौँ, वैशाख २९ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज संसदमा सरकारविरुद्ध संसदीय मर्यादा, लोकतन्त्र र सुशासनमाथि प्रश्न उठाएका छन्।

नेता आङ्देम्बेले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगित गर्नुलाई संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमाथिको चोट ठहर गर्दै भने, ‘हामी अध्यादेशको पहिरो लागेको भीरको डिलमा उभिन पुगेका छौं।’

उनले भूमिहीन, सुकुम्बासी, अशक्त, बालबृद्धि तथा सुकैरीहरूलाई समेत ‘छानोबाट तानेर एकैचोटी सडकमा फालिएको’ गम्भीर आरोप लगाए। अर्कोतर्फ, अरूमाथि भ्रष्टाचारको एकोहोरो आरोप लगाउने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथिको संगीन आरोपको छानबिन नगर्नु ‘कस्तो सुशासन’ भनी प्रश्न गरे।

उनले सर्वोच्च अदालतका बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा अधिकारसम्पन्न विज्ञसहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठनको माग गरे।

त्यस्तै, ‘आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेस भइरहँदा कुन देशको प्रधानमन्त्री बाहिर उठेर हिँडे ? भनेर गिनिज बुकमा हाम्रो प्रधानमन्त्रीको नाम लेखिने भयो,’ भन्ने टिप्पणी गर्दै आङ्देम्बेले हालका प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुँडिएको, देशको शिर झुकेको र सदनमा दाग लागेको समेत बताए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश:  प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्