११ जेठ २०८३, सोमबार

सबैका लागि पूर्वसूचना’ को राष्ट्रिय कृत्रिम घटना अभ्यास सुरु


अ+
अ-

काठमाडौं, वैशाख ६ । पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासकाे उद्घाटन सत्रका अध्यक्ष एवं विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले पूर्वसूचना राम्रो हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राखे।
आजदेखि सुरु भएको तीन दिने यस सिमुलेशन अभ्यास कार्यक्रमको बिहान उद्घाटन गरिएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले सबैका लागि पूर्वसूचनाको राष्ट्रिय मार्गचित्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी समेत दिए।

कार्यक्रममा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी, नेपाल रेडक्रस सोसाइटीका महासचिव मिनबहादुर मल्ल, आइएफआरसीका हेड अफ कन्ट्री डेलिगेसन डेभिड फिसर, विश्व खाद्य कार्यक्रमका कार्यक्रम निर्देशक हेइले अबेराले पूर्वसूचना प्रणालीको महत्वबारे धारणा राखेका थिए।

अभ्यासमा सबैका लागि पूर्वसूचनासँग सम्बन्धित संघीय मन्त्रालय तथा विभागहरू, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रसंघीय निकाय, रेडक्रस एवं साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता छ।

अभ्यासको दोस्रो दिन ‘टेबल-टप अभ्यास’ हुनेछ भने तेस्रो दिन कीर्तिपुरको टौदहमा स्थलगत अभ्यास गरिनेछ। सबैका लागि पूर्वसूचना प्रणालीका चारवटा स्तम्भहरूमा विपद् जोखिमको ज्ञान, अवलोकन/विश्लेषण/पूर्वानुमान, चेतावनीको प्रवाह/सञ्चार, र पूर्वतयारी/प्रतिकार्य/क्षमता विकास रहेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश:  प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त

निमित्त शिक्षाध्यक्ष र रजिष्ट्रारमा क्रमश: प्रा.डा खनाल र चालिसे नियुक्त...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्