११ असोज २०८३, आइतबार

इन्धन अभावका कारण दिइएको २ दिने बिदा : चिकित्सक संघ भन्छ- आइतबार ओपीडी खाेल्न सकिन्न


अ
अ+
अ-

काठमाडौँ, चैत २८ । सरकारले इन्धन अभावका कारण शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरे पनि अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले आइतबार ओपीडी बन्द गर्ने मन्त्रालयको अनुरोध व्यावहारिक नभएको र तत्काल फिर्ता लिन माग गरेको छ।

हिजाे चिकित्सक संघका महासचिव डा. सञ्जीब तिवारीबाट जारी प्रेस विज्ञप्तिमा भनेको छ, “अस्पतालहरूमा जनशक्ति थपिएको छैन। तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिने अवस्था छैन।”

चौबिसै घण्टा सेवा दिइरहेका चिकित्सकलाई अन्याय

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९–५ को कार्यालय समयबाहेक अनकल, राउन्ड, इमर्जेन्सी लगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समयलाई बिदाको गणनामा नराख्नु अन्यायपूर्ण रहेको संघको ठहर छ।

सरकारले हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने, र बिदा दिन नसके सट्टा बिदा दिने व्यवस्था गरे पनि कानूनी बहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सट्टा बिदा प्रयोग गर्न नदिइएको संघले जनाएको छ।

‘फरक–फरक दिन बिदा दिँदा बिरामी मारमा’

विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा सेवा लिने बिरामी अन्योलमा पर्ने र अनावश्यक झमेला व्यहोर्नुपर्ने हुँदा यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने संघको चेतावनी छ।

इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि स्वास्थ्य संस्थामा ओपीडी समय थप बढाएर इन्धनको अपव्यय गरिनु अव्यावहारिक रहेको भन्दै संघले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन नगराउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

संघले ज्यादै न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ। उक्त अवस्थाको जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँ हुने संघको भनाइ छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्