हरियो रङ केवल बसको बाहिरी रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक


अ
अ+
अ-

काठमाडौं, असार २० ।उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ल्याएको ‘ब्लू बस’ सञ्चालनको योजनालाई सकारात्मक पहल भएको बताएका छन्। तर, साझा यातायातका विद्युतीय बसहरूको हरियो पहिचान परिवर्तन गर्नु उपयुक्त नहुने उनको धारणा छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु स्वागतयोग्य भए पनि साझा यातायातले वर्षौंदेखि विद्युतीय सवारी (इभी) प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिने उद्देश्यले अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु उचित नहुने उल्लेख गरेका छन्।
उनका अनुसार हरियो रङ केवल बसको बाहिरी रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक हो। साथै, नेपाललाई हरित विकासको मार्गमा अघि बढाउने राष्ट्रिय संकल्पसँग पनि यो पहिचान जोडिएको उनले बताएका छन्।
घिसिङले महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको बताएका छन्।
उनले महिलाको सुरक्षा कुनै एउटा ‘ब्लू बस’ मा सीमित हुन नहुने उल्लेख गर्दै सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्नेमा जोड दिएका छन्।
‘रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ,’ भन्दै घिसिङले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्। त्यसो हुन सके मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुने उनको भनाइ छ।
स्मरणीय छ, सरकारले आठ वटा हरियाे रंगको साझा बसमा निलाे रंग पाेतेर महिलालाई नि: शुल्क बनाउने बताएकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्