Sunday, September 27, 2026 | 10:11 PM

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते


अ
अ+
अ-

काठमाडौं, असोज ११ । बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीका कारण २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आइतबार जारी गरेको प्रेस नोटअनुसार उक्त वर्षाका कारण हालसम्म २१ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् । ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

नेपाल मौसम विज्ञान विभागबाट संभावित भारी वर्षाको पूर्वानुमान बुलेटिन प्रकाशित भएलगत्तै प्राधिकरणबाट पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रेस नोट/इमेल/एसएमएस जारी गरिएको थियो । दिनको तीन पटक अद्यावधिक सूचना सम्प्रेषण गरिएको थियो ।

गत ४ दिनको निरन्तर वर्षाका कारण देशभरका १८६ स्टेशनहरुमा १०० मि.मि. भन्दा बढी कुल वर्षा रेकर्ड भएको छ । सबैभन्दा बढी वर्षा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डेढगाउँमा ५४४.२ मि.मि. रेकर्ड भएको छ, त्यसपछि कास्कीको पञ्चासे (५००.२ मि.मि.) र तनहुँको अत्रौलीटार (४७२ मि.मि.) रहेका छन् ।

यसैगरी केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक हरेक दिन बसी परिस्थितिको समीक्षा गर्नुका साथै आवश्यक निर्णय लिइ तत्काल सम्बन्धित निकाय र रेस्पोन्डरहरुमा जानकारी गराइएको थियो । जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइयो । जिल्ला विपद् व्यवस्थापन समिति एवं स्थानीय तहबाट संभावित प्रभावित जिल्लामा विद्यालय बिदा दिइयो ।

भारी वर्षा सुरु भएपछि प्राधिकरणको सिचुएसन रुमबाट निरन्तर ७६ घण्टा (२०८३ असोज ८ गते बिहान ९ बजेदेखि २०८३ असोज ११ गते १ बजेसम्म) मौसम अवस्थाको अनुगमन, संचार तथा समन्वयका काम भए । सिचुएसन रुमबाट यस अवधिमा प्रतिकार्यमा अग्रपंक्तिमा खटिने (responders) हरुसहितलाई ५ हजारभन्दा बढी एसएमएस पठाइएकाे थियो ।

यस अवधिमा जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाबाट संभावित बाढी प्रभावित स्थानका वासिन्दाहरुलाई सुसूचित गर्न २ लाख १४ हजार एसएमएस पठाइएकाे थियो । ७७ वटै जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकायलगायतलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको थियो । पर्वतारोहण तथा पदयात्रामा गएका पर्यटकलाई लक्षित गरी अंग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गरिएकाे थियो । जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा आउन र सुरक्षित स्थानमा रहेका पर्यटकलाई सोही स्थानमा रहन अनुरोध गरियो । उक्त अवधिमा देशभर करिब ९ हजार पर्यटक एवं पदयात्री यात्रारत थिए ।

विपद् प्रतिकार्यका लागि सरकारका सबै यन्त्र परिचालित भए । बाढी र पहिरोको जोखिममा परेका विभिन्न प्रभावित जिल्लाका गरी करिब २ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार गरिएका मानिसहरुका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको जनाएको छ । जाजरकोट, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा हेलिकोप्टरमार्फत बाढी र पहिरोमा फसेका व्यक्तिहरुको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्