११ श्रावण २०८३, सोमबार

समता शुल्क तत्कालका लागि हटाउने मन्त्रिस्तरीय निर्णय


अ+
अ-

काठमाडौं, साउन ६ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि हटाउने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको परामर्शपछि बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै उक्त शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गर्नुभएको हो।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। शुल्क लागू भएसँगै शिक्षा र स्वास्थ्य सेवा महँगिने भन्दै सर्वसाधारण, सरोकारवाला र निजी क्षेत्रबाट व्यापक गुनासो तथा विरोध भएको थियो।
बढ्दो जनगुनासोलाई ध्यानमा राख्दै सरकारले उक्त शुल्क हटाउने विषयमा छलफल अघि बढाएको थियो। यसैक्रममा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच लामो परामर्श भएको थियो। त्यसपछि मंगलबार प्रधानमन्त्री शाहले शुल्क हटाउने प्रक्रिया अघि बढाइने सार्वजनिक घोषणा गर्नुभएको थियो।
बुधबार गरिएको मन्त्रिस्तरीय निर्णयअनुसार आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्क लाई सोही ऐनको दफा १८ को उपदफा (१) बमोजिम पूर्ण रूपमा छुट दिइएको हो।
अर्थमन्त्री डा. वाग्लेले सरकार जनताको अपेक्षा र हितप्रति संवेदनशील रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले हालका लागि समता शुल्क नलाग्ने व्यवस्था गरिएको बताउनुभएको छ।
सरकारको यो निर्णयसँगै साउन १ गतेदेखि लागू भएको शिक्षा तथा स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क तत्कालका लागि कार्यान्वयनबाट हटेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ

एमबीएस परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमा सार्वजनिक गरेको आरोपमा एक पक्राउ...

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड

आदिवासी समुदायलाई संरक्षणका साझेदार बनाउनुपर्नेमा जोड...

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव

आकाशे पानी संकलन र भू–पुनर्भरण प्रणाली सक्रिय बनाउन विज्ञको सुझाव...

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड

पीडित–मैत्री न्याय प्रणालीमा जोड...

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद

आँपकाे बगैचाबाट १४० केजी गाँजा बरामद...

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न

नेपालमा विपद्ले निम्त्याउने आर्थिक तथा गैरआर्थिक क्षति–नोक्सानीबारे पत्रकार अभिमुखीकरण सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्