१२ असोज २०८३, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार


अ
अ+
अ-

रसुवा, भदाै १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ।
भदौ १० गते आएको बाढी तथा पहिरोका कारण सुरुङ अवरुद्ध भएपछि संयुक्त खोज तथा उद्धार टोलीले भग्नावशेष र लेदो पन्छाउँदै सुरुङभित्र खोजी जारी राखेको थियो। सोही क्रममा शुक्रबार बिहान दुई जना कर्मचारीलाई जीवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
जीवितै उद्धार गरिएकामा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।
उद्धारपछि दुवै जनाको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ।
सुरुङभित्र अझै उद्धार तथा खोजीको काम जारी रहेको नेपाली सेनाले जनाएको छ। बाढी र पहिरोका कारण सुरुङको प्रवेशमार्गसहित विभिन्न भागमा ठूलो मात्रामा लेदो तथा भग्नावशेष थुप्रिएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रसहित विभिन्न स्थानमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो। बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा केही कर्मचारी फसेको जानकारी पाएसँगै नेपाली सेनासहित सुरक्षा निकाय र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्