१३ असोज २०८३, मंगलबार

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम


अ
अ+
अ-

काठमाडौं, साउन ११ । बालबालिका तथा किशोरकिशोरीलाई आवश्यक मानसिक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले बाल हेल्पलाइन नेपाल १०९८ का कर्मचारीका लागि सेवा नक्साङ्कन तथा सेवामा पठाउने संयन्त्र सम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिमको उद्देश्य बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवासम्म पहुँच सहज बनाउन सम्बन्धित निकायबीचको समन्वय सुदृढ गर्नु र आवश्यक सेवामा प्रभावकारी रूपमा पठाउने प्रणालीलाई मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ।
तालिममा सहभागीलाई विभिन्न क्षेत्रमा उपलब्ध मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवाको पहिचान, ती सेवाको नक्साङ्कन, बाल तथा किशोर मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत प्रमुख निकायहरूको भूमिका तथा आवश्यक परेका बालबालिका र किशोरकिशोरीलाई उपयुक्त सेवामा कसरी पठाउने भन्ने विषयमा जानकारी गराइएको थियो।
सहभागीहरूले आ–आफ्नो कार्यक्षेत्रमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहका क्रममा देखिएका चुनौती र सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए। साथै, सेवा प्रदायक निकायहरूबीच समन्वयलाई अझ प्रभावकारी बनाउने उपायबारे पनि छलफल गरिएको थियो।
व्यावहारिक अभ्यासअन्तर्गत सहभागीहरूले सरकारी निकाय, स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य विशेषज्ञ, सामुदायिक संस्था तथा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य तथा समग्र कल्याणमा काम गरिरहेका विभिन्न सेवा प्रदायकहरूको पहिचान गर्दै सेवा नक्साङ्कन गरेका थिए।
आयोजकका अनुसार यस तालिमले बाल हेल्पलाइन १०९८ मार्फत सहयोग खोज्ने बालबालिका तथा किशोरकिशोरीलाई आवश्यक सेवा समयमै उपलब्ध गराउन तथा सम्बन्धित निकायमा प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त तालिम सिविन नेपाल ले फोरुट–विकासका लागि ऐक्यबद्धता अभियानको सहयोगमा आयोजना गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्