१३ असोज २०८३, मंगलबार

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला


अ
अ+
अ-

काठमाडौं, भदौ ३१। रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको टनेलमा खोजी तथा उद्धारका क्रममा चार शव र एक मानव अङ्ग फेला परेको छ। नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले टनेलमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा शव तथा मानव अङ्ग फेला पारेको हो।
फेला परेका शव तथा मानव अङ्गलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको नेपाली सेनाले जनाएको छ। यसअघि भदौ १५ गते पनि सोही टनेलबाट एक शव र एक मानव अङ्ग फेला परेको थियो।
भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनाका टनेल तथा प्रभावित क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ। लाङ्टाङ जलविद्युत आयोजनाको टनेलमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ।
माथिल्लो त्रिशूली–१ को टनेलमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ‘ए’ को टनेल र पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी जारी राखेको सेनाले जनाएको छ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरेर खोजी गरिरहेको छ। आयोजनाको आवास क्षेत्रमा खोजी गर्दा दुई आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको सेनाले जनाएको छ।

४ हजार १७७ जनाको हवाई उद्धार
बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी छन्।
भूमिमार्फत पनि रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको सेनाले जनाएको छ। स्याफ्रुबेँसी क्षेत्रमा तीन वटा समूहले खोजी गरिरहेका छन्।
साँघुरा टनेलको रेकी तथा प्रभावित क्षेत्रको खोजी र मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने काम पनि भइरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

३ हजार ९३४ जनाले पाए स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार ४५ जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म ३ हजार ९३४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।
यसैबीच बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजारमा सडक खुलाउने काम भइरहेको छ। सडकको भित्तातर्फ रहेको कडा चट्टान फुटाउन ब्लास्टिङको काम भइरहेको सेनाले जनाएको छ।
चिलिमे क्षेत्रमा विद्युत् प्रवाहका लागि तार बिछ्याउने कामसमेत अघि बढाइएको छ।

फाेटाे: नेपाली सेना

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्