१३ असोज २०८३, मंगलबार

रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र, ड्रोनबाट शव फेला


अ
अ+
अ-

काठमाडौँ, भदौ २३। रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेनाका अनुसार आज दिउँसो ३ बजेसम्म हवाई साधनमार्फत थप २० जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ७५७ र विदेशी २८३ गरी ४ हजार ४० जनाको उद्धार गरिएको छ।
रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजीमा जुटेको छ। भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत गरिएको खोजीका क्रममा एक शव फेला परेको सेनाले जनाएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ। चिलिमे जलविद्युत् आयोजनाको टनेलमा विदेशीसहितको संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चार ठूला पाइप प्रयोग गरी आवतजावत गर्न मिल्ने बाटो तयार गरेको छ। स्याफ्रुबेसीदेखि आयोजनाको टनेलसम्म भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरी हटाइएको छ।
टनेलमा रहेको डेब्रिस हटाउन विन्च मेसिन र बकेट प्रयोग भइरहेको छ। संयुक्त टोली करिब ११५ मिटरभित्र प्रवेश गरी खोजी गरिरहेको छ। मेजर रकसम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य प्रवेश टनेलमा विदेशीसहितको संयुक्त टोली करिब ४०० मिटरभित्र प्रवेश गरी खोजीमा जुटेको छ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३४, सशस्त्र प्रहरी बलका चार जना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका १०१ जना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले तीन वटा एक्स्काभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म उत्खनन गरेर खोजी गरेको छ। कार्यालय तथा आवासगृह क्षेत्रमा हालसम्म केही फेला नपरे पनि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
पुल निर्माण तीव्र
बाढीबाट प्रभावित सडक तथा आवागमन पुनः सञ्चालनका लागि पुल निर्माणको कामसमेत अघि बढाइएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले पुल निर्माण तीव्र बनाएको छ।
त्यस्तै, ढुंगे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि परामर्शसहित काम सुरु गरिएको छ।
९ हजारभन्दा बढी सैनिक परिचालन
जमिनी खोज तथा उद्धारअन्तर्गत मैलुङदेखि स्याफ्रुबेसीसम्म पैदल गस्तीमार्फत खोजी भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज मात्रै ५० जनाले स्वास्थ्य सेवा लिएका छन्।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजारभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्