१३ असोज २०८३, मंगलबार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो


अ
अ+
अ-

काठमाडौं, भदाै १९ । रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी ल्याई उपचार भइरहेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त टोलीले सुरुङभित्र खोज तथा उद्धारका क्रममा थप एक शवसमेत निकालेको छ। सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
आज भदौ १९ गते दिउँसो ३ बजेसम्म नेपाली सेनाका सात तथा गैरसैनिकतर्फका छ वटा हवाई साधन परिचालन गरी विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको उद्धार गरिएको छ।
यसैगरी, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले उद्धार कार्य अघि बढाइरहेको छ। टोलीले आयोजनाको कार्यालय तथा निवास पहिचान गरी त्यहाँसम्म पुग्न एक्स्काभेटरबाट बाटो निर्माण गरिरहेको छ। अडिट–१ बाट सुरुङभित्र ४२६ मिटर प्रवेश गरिसकेको सेनाले जनाएको छ। एक्स्काभेटरलाई अडिट–१ बाट भित्र लैजाने र त्रिशूली–३ ‘ए’ सँग लिंकअप गराउने कामसमेत भइरहेको छ।
लाङटाङ हाइड्रोमा नेपाली सेनाका २५ र गैरसैनिक दुई जनासहितको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेला पारेको छ। त्यहाँ पनि थप खोज तथा उद्धार जारी छ।
चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहयोगमा सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले र्‍याफ्ट र बोटको प्रयोग गरेर खोजी गरिरहेको छ। सुरुङमा जमेको पानी निकाल्ने कामसमेत भइरहेको छ।
देवीघाटमा पुल जडानको तयारी
बाढीबाट प्रभावित यातायात पूर्वाधार पुनःस्थापनाका लागि नुवाकोटको देवीघाटस्थित तादी नदीमा पुल जडानको तयारी अघि बढाइएको छ। नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले पुल जडानका लागि बेस निर्माण गरिरहेको छ।
देवीघाटमा जडान गरिने एक्रो ब्रिजका केही सामग्री गजुरीबाट त्रिशूली पुर्‍याइसकिएको छ भने बाँकी सामग्री ढुवानी भइरहेको सेनाले जनाएको छ।
९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन
खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई सुरक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाली सेनाले पैदल गस्तीसमेत गरिरहेको छ। चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पुगेर स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
सेनाका अनुसार भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्