११ असोज २०८३, आइतबार

रसुवा बाढीपछि ४ तुइन सञ्चालनमा, १३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा


अ
अ+
अ-

रसुवा बाढीपछि ४ तुइन सञ्चालनमा, १३ झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा

काठमाडौं, असोज ६। रसुवा बाढीपछि आवागमन सहज बनाउन हालसम्म चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोट र रसुवाका विभिन्न स्थानमा चारवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूलीमा मोटराइज्ड तुइन सञ्चालनमा ल्याइएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ जोड्ने स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा र गोसाइँकुण्ड–६ तथा आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा तुइन सञ्चालनमा आएका छन्।

थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया भएकाले सुरक्षित स्थानमा तुइन जडानका लागि स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाको रुङ्गामा भने स्थानको रेकी भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। ती पुलमा धादिङका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया र महादेवस्थान पुल छन्।

त्यस्तै नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते, नुवाकोटको पिमलटार–जागाराम र जिलिङ तथा फोस्रेटार पुल, गोरखा–धादिङ जोड्ने बादरे र धवादीघाट झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त बाँकी सातवटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर भइसकेको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा आवश्यक स्टिल पार्ट्स खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न सम्झौता भएको छ।

यसैगरी बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारी अघि बढाइएको छ। ती पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

बाढीपछि तत्काल आवागमनका लागि तुइन निर्माण, क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पूर्ण रूपमा क्षति भएका पुलको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्