१२ असोज २०८३, सोमबार

चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने


अ
अ+
अ-

काठमाडौं, भदौ १९ । चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर उपलब्ध गराउने भएको छ। बाढी तथा विपद् व्यवस्थापनका क्रममा आवश्यक पर्ने प्राकृतिक बाँध तथा हिमतालसम्बन्धी जोखिमको निगरानी सूचना नेपालसँग निरन्तर आदान–प्रदान गर्ने प्रतिबद्धता चीनले जनाएको हो।

चीनको मौसम विज्ञान प्रशासनका प्रवक्ताका अनुसार, रसुवा–केरुङ नाकामा गम्भीर पहिरो गएपछि चीनले नेपाललाई मौसम पूर्वानुमान, चेतावनी तथा प्रभाव सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बताएका छन्। नेपालस्थित चिनियाँ दुतावासकाअनुसार घटनाको केही घण्टाभित्रै चीनको मौसम विभागले नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियो सम्मेलन गरी आवश्यक सहायता उपलब्ध गराएको थियो।

नेपालका लागि चिनियाँ राजदूत छन् माओमिङले यस अवधिमा चीनको तर्फबाट भइरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, चिनियाँ पक्षले सिमापारिक नदीहरूको हाइड्रोलोजिकल तथ्याङ्क आदानप्रदान सम्बन्धी दीर्घकालीन संयन्त्र विकास गर्नसमेत चासो देखाएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीपछि नदीको बहाव, प्राकृतिक रूपमा बनेका जलाशय तथा हिमतालबाट हुन सक्ने सम्भावित जोखिमबारे नेपाल र चीनबीच सूचनाको आदान–प्रदान भइरहेको छ।
चीनको नेपालस्थित दूतावासले पनि आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना साझेदारीलाई निरन्तरता दिने जानकारी सार्वजनिक गरेको छ। यसबाट सीमावर्ती क्षेत्रमा सम्भावित बाढी तथा हिमतालसम्बन्धी जोखिमको समयमै पहिचान गरी उद्धार, राहत तथा विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्