मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा त्यति होसमा थिएन तर बिन्दास थिएँ । बाटोमा देख्न पुग्छु, एक हूल हातमा लठ्ठी र ढुंगाहरु बोक्दै एकातर्फ दौडिरहेका । उनीहरु के के हो, बोलिरहेका भनौं वा गाली गरिरहेका थिए, केही बुझ्दिनँ ।
एक क्षणपछि देख्छु, अघि दौडेर गएको हुललाई उल्टो दिशाबाट अर्को हूलले लखेट्दा भागेर आएछ । भागदौड चल्छ । मारपीत सुरु हुन्छ । कसले कसलाई पिटेको हो - कसलाई कसले पिटेको हो ठम्याउन सक्ने अवस्थामा थिएनँ । एक क्षणपछि आगजनी पनि सुरु हुन्छ । अरुहरुजस्तै म पनि अलि पर सडक किनारमा उभिएर यी सबै दृष्य हेरिरहेको थिएँ । यति कन्फ्युज्ड हुन्छु कि, स्कूलमा समस्या समाधान गर्न नसकेको म्याथ विषयको पाठजस्तै हुन्छ ।
सडक किनारमा पहेँलो चीवर लगाएर हिडिरहेका एक जना भिक्षु देख्छ पुग्छु । उही भिक्षुसँग सोध्छु, ‘भन्ते, यिनीहरु को हुन् ? के गरिरहेका हुन् ?’
भिक्षुले जवाफ दिए, ‘यिनीहरु होसमा छैनन्, के गरिरहेका हौं भनेर यिनीहरु आफैलाई पनि थाहा छैन ।आफ्नो नोक्सान आफैले गरिरहेका छन् ।’
होसमा त म पनि थिएनँ नि ।
होसमा नभएको म, होसमा भएकाहरुसँग किन बसिरहने ? सडक किनार छाडेर म पनि त्यही सडकमा पुगें र होसमा नभएकाहरुसँग मिसिएँ ।
(AI images)
अन्य लेखहरू: बसन्त महर्जन
नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान
नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...
नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग
काठमाडौं उपत्यका वा नेवारको इतिहासमाथि चर्चा गर्दा किरातको प्रसङ पनि सँगसँगै आउँछ । किराँतलाई उपेक्षा गरेर नेवार इतिहासल...
‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ
नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...
यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी
प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...
नेवाःले नेवारलाई गाली गर्न थालेपछि
कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......
इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम
इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment