११ असोज २०८३, आइतबार

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन


अ
अ+
अ-

काठमाडौं, असार २५ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती हटाउने क्रममा उनीहरूको जीवन, आवास, खाद्य, स्वास्थ्य, शिक्षा तथा मर्यादित जीवनयापनको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले २०८३ वैशाख १२ गतेदेखि काठमाडौं जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको घरटहरा हटाई उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट समेत हटाउने तयारी भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका अनुसार अनुगमनका क्रममा होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न सूचना टाँस गरिएको, त्यसपछि पुनः थप सात दिनको समय दिइएको तथा कुनै वैकल्पिक व्यवस्था नगरी हट्न अल्टिमेटम दिइएको पाइएको छ। यसका साथै प्रभावित परिवारका लागि खाद्यान्न, आवास तथा अन्य आधारभूत आवश्यकताको पर्याप्त व्यवस्था नभएको पनि आयोगले जनाएको छ।

आयोगले यस्तो कार्यले सुकुम्बासीहरूको आवासको अधिकार सम्बन्धी ऐन, २०७५ को दफा २ र ५, मानव अधिकारको विश्वव्यापी घोक्षणापत्र, १९४८ को धारा २५(१), आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार विषयक अनुबन्ध १९६६ को धारा ११, बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ को धारा २७, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार समितिको बुँदा नं. २१ समेत पालना नभई आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य, जिविकोपार्जन समेतका बहुआयामिक अधिकारहरूको प्रचलनमा गम्भीर सङ्कट उत्पन्न हुँदै गएको तथा विकासमा आधारित विस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरूको मर्मविपरीत हुने उल्लेख गरेको छ।
विज्ञप्तिमा आयोगले यसअघि पनि सुकुम्बासी व्यवस्थापनका विषयमा विभिन्न मितिमा सरकार, गृह मन्त्रालय, काठमाडौं महानगरपालिका, उपत्यका नगर विकास प्राधिकरण तथा अन्य निकायलाई वैकल्पिक व्यवस्था गरेर मात्र व्यवस्थापन गर्न सिफारिस तथा पत्राचार गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेको छ।
आयोगले कुनै पनि सुकुम्बासीको मानवअधिकार जोखिममा पर्ने गरी कदम नचाल्न तथा उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्दै वैकल्पिक व्यवस्थासहित मात्रै आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई निर्देशन दिएको छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्