लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता


अ+
अ-

काठमाडौं, असार ३ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्जालले लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि ती मूल्य–मान्यतालाई क्रमशः संस्थागत रूपमा कमजोर बनाउने प्रयास देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ।
बुधबार जारी प्रेस विज्ञप्तिमा पापडले लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराएको छ।
विज्ञप्तिमा पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्ने गतिविधि, संसद्को प्रभावकारी भूमिकालाई कमजोर बनाउने प्रवृत्ति, नागरिक अधिकार संकुचन गर्ने प्रयास तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने अभ्यासप्रति असन्तुष्टि जनाइएको छ।
त्यसैगरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने, संविधानप्रदत्त अधिकार तथा श्रमिक र ट्रेड युनियन अधिकारमाथि हस्तक्षेप गर्ने, विश्वविद्यालयहरूको स्वतन्त्रतामाथि प्रहार गर्ने तथा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा देखिएको नीतिगत अस्पष्टता र उदासीनताले नागरिकको जीविका, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर परेको पापडको भनाइ छ।
सञ्जालले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाअनुरूप लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण गर्न आग्रह गरेको छ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाज एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै पापडले लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा उभिन आह्वान गरेको छ।
नागरिक अधिकार खुम्च्याउने तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासविरुद्ध नेपाल पत्रकार महासंघले असार ५ गते आयोजना गर्ने विरोध कार्यक्रममा पापडले ऐक्यबद्धता जनाएको छ। साथै उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण सरोकारवालालाई आह्वान पनि गरेको छ।
उक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बासुदेव रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेश कुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इ. सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु

'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो

प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन

आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने

विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?

विपद पत्रकारिता कसरी गर्ने ?...

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्