१३ असोज २०८३, मंगलबार

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो


अ
अ+
अ-

काठमाडौँ, असार १ । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव तथा सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक शान्ति सम्झौता भएको घोषणा गरिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ। राेयटर्सकाअनुसार अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र इरानी उपपरराष्ट्रमन्त्रीले युद्ध अन्त्य तथा रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिएपछि सोमबार तेल बजारमा सकारात्मक प्रभाव देखिएको हो।

राेयटर्सकाअनुसार समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ अमेरिकी डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ। यो मूल्य गत मार्चयताकै न्यून स्तर मानिएको छ। तेल आपूर्तिमा अवरोध हट्ने अपेक्षाले बजारमा राहतको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन्।

यस्तै, इकाेनाेमिक टाइम्सले अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत “इस्लामिक रिपब्लिक अफ इरानसँगको सम्झौता अब पूरा भएको छ” भन्दै स्ट्रेट अफ होर्मुजलाई विश्वका जहाजहरूका लागि खुला गर्ने र इरानमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने अधिकार आफूले दिएको बताएका छन्। उनले “जहाजहरू चल्न थालून्, तेल बग्न थालोस्” भन्दै यो सम्झौताले क्षेत्रीय स्थायित्व र विश्व अर्थतन्त्रलाई लाभ पुर्‍याउने दाबी गरेका छन्।

ट्रम्पले यसअघि पनि होर्मुज जलडमरूमध्यलाई “स्थायी रूपमा शुल्कमुक्त र खुला” राख्ने समझदारी भएको बताएका थिए। उनले अन्तिम आणविक सम्झौता हुन नसकेमा अमेरिका पुनः कडा कदम चाल्न तयार रहेको चेतावनीसमेत दिएकाे द डेली स्टारले उल्लेख गरेकाे छ।

इरानी पक्षले पनि प्रारम्भिक सहमतिलाई पुष्टि गरेको द इकाेनाेमिक टाइम्सले जनाएको छ। इरानका उपपरराष्ट्रमन्त्रीले तेहरानका मुख्य मागहरू सम्झौतामा समेटिएको र अमेरिकाले आफ्नो प्रतिबद्धता कार्यान्वयन गरेपछि मात्र आगामी चरणका वार्ता अघि बढ्ने बताएका छन्। उनका अनुसार होर्मुज मार्ग पुनः सञ्चालन गर्ने विषयमा सहमति भएको छ भने आणविक कार्यक्रमलगायत जटिल विषयहरू आगामी ६० दिनभित्र हुने विस्तृत वार्तामा टुंग्याइनेछ।

पाकिस्तानका प्रधानमन्त्री शेहेवाज शरिफले अमेरिका र इरानबीचको समझदारीपत्रमा आगामी शुक्रबार स्वीट्जरल्यान्डमा हस्ताक्षर हुने जानकारी दिएका छन्। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताइएको छ। प्रधानमन्त्री शरीफका अनुसार सम्झौताले सबै मोर्चामा सैन्य गतिविधिको तत्काल र स्थायी अन्त्य, होर्मुज जलडमरूमध्य पुनः सञ्चालन तथा थप प्राविधिक वार्ताको मार्ग प्रशस्त गर्नेछ।
विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुज युद्धका कारण प्रभावित हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो दबाब परेको थियो। अब उक्त मार्ग पुनः सञ्चालन हुने संकेतसँगै तेलको आपूर्ति सहज हुने तथा लगानीकर्तामा उत्साह देखिएकाे द गार्जियनले जनाएको छ। एशियाली शेयर बजारहरूमा समेत सकारात्मक प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि सम्झौताको पूर्ण पाठ अझै सार्वजनिक गरिएको छैन। इरानको आणविक कार्यक्रम, प्रतिबन्ध हटाउने प्रक्रिया र क्षेत्रीय सुरक्षा व्यवस्थाजस्ता विषयमा थप वार्ता आवश्यक रहने बताइएको छ। त्यसैले प्रारम्भिक सहमतिले युद्ध अन्त्यको मार्ग खोले पनि स्थायी समाधानका लागि आगामी कूटनीतिक प्रक्रिया निर्णायक हुने विश्लेषण गरिएको छ।
(एजेन्सीकाे सहयाेगमा)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्