काठमाडौँ, चैत २७ । नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू गरेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी पत्रमा अस्पतालहरूले आइतबारको दिन आफ्नो कार्यभार (वर्कलोड) र जनशक्तिको अवस्था हेरी बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।
साथै, यो व्यवस्था लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी जम्मा दुई दिन विदा दिने व्यवस्था मिलाउन र विदा दिन नसकिने अवस्थामा सट्टा बिदा उपलब्ध गराउन निर्देशन दिइएको छ।
प्रादेशिक अस्पतालहरूमा समेत सोही व्यवस्था लागू गर्न सातै प्रदेशको स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार शनिबार र आइतबार सरकारी कार्यालयमा विदा भए तापनि आपत्कालीन तथा आवश्यक स्वास्थ्य सेवा भने प्रभावित हुन नदिने गरी तयारी गरिएको मन्त्रालयको भनाइ छ।
अन्य लेखहरू: नेवाः टाइम्स
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह
इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध
त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै
नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल
भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment