११ असोज २०८३, आइतबार

वर्खाअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुखको निर्देशन


अ
अ+
अ-

काठमाडौँ, चैत ५। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनु अघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन् । आज छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै डंगोलले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् ।

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो । सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले ७१ लाख २४ हजार ६८९ रुपियाँमा निर्माण कवोल गरेको छ । 

अनुगमनमा क्रममा कार्यवाहक प्रमुख डंगोलले, कुमारी वहाल काठमाडौँको अनुहार भएको उल्लेख गर्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताइन् ।
अनुगमनका क्रममा जीर्णोद्धार गर्दा कुमारी घरबाट दैनिक सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, अन्य भौतिक संरचनासँगका छानाको सम्बन्ध र छानो मर्मत गर्दा अन्य संरचनाको वचावटका विषयमा सहभागी सरोकारवाला र स्थानीयसँग कुराकानी भएको थियो । 

अनुगमनका क्रममा वडा २३ का अध्यक्ष एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनले महत्वपूर्ण कामलाई उच्च प्राथमिकता दिएर सञ्चालन गरिने बताए, "नियमित निगरानीबाट समयमा काम सम्पन्न गर्न सहजीकरण गर्नेछौँ ।" अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीसहित अधिकारी र स्थानीयहरु सहभागी थिए । 
हनुमानढोका दरवार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ । निर्माण कार्य गर्दा पूर्व र उत्तरतर्फको छानोलाई पहिले मर्मत गरिने छ । त्यसपछि मात्र पश्चिम र दक्षिण तर्फको छानो मर्मत गरिनेछ । 

महानगरपालिकाका अनुसार गएको बर्खायाममा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २० गते समिति गठन भएको थियो । समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्व विज्ञ पुरुषोत्तम डंगोल थिए भने सदस्यहरुमा विभागका इञ्जिनियर रोशन डंगोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र महानगरपालिकाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए । 

अध्ययन समितिले दिएको प्रतिवेदन अनुसार कुमारी घरका नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छन् । कतिपय दलिनहरु कीराले खाएर ससाना प्वाल पारेको छ । ठाउँ ठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा शिशाले छोपेर राखिएको भित्तेचित्र जोगाउनु पर्ने अवस्थामा छ । अधिकांश काठका अवयवहरु अग्राखका नभई कुकाठ प्रयोग भएकोले तत्काल जीर्णोद्धार गर्नु पर्ने देखिएको छ । समितिका सदस्य आर्किटेक्ट बज्राचार्यले जानकारी दिए ।

बज्राचार्यका अनुसार झिंगटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी खसेको छ । म्बंगचा खसेको छ । आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिंगटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् ।  नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरु फेर्नु पर्ने अवस्थाका छन् । गजुरको वेस मर्मत गर्नुपर्ने अवस्थामा छ । कोपु थप्नुपर्ने अवस्थामा छ । बुइँगलको पर्खाल जीर्ण भएको छ । फलेक माथि प्लाष्टिक फेल्ट नराखी माटोमा झिँगटी राखेका कारण फलेकहरु कुहिएका छन् । 

प्रतिवेदनले, कुमारीको सेवा पूजालाई अक्षुण्ण राख्दै, खट बाँधेर जीर्णाेद्धार गर्नुपर्ने भागको एकतर्फबाट बिस्तारै बिस्तारै भत्काउने सुझाव दिएको छ । यसबाट आएका सामाग्रीहरुको सुरक्षित भण्डारण गर्ने, पुनःप्रयोग गर्न मिल्नेसम्म सामग्रीको अधिकतम पुनःप्रयोग गर्ने सुझावमा उल्लेख छ । छानाको सम्पूर्ण भागमा प्लास्टिक फेल्ट विछ्याउने, मक्किएका मुसी, लाकासी, फलेकलाई आवश्यकता अनुसार थप गर्न सकिने प्रतिवेदनले औल्याएको छ ।

२०७२ सालको भूकम्पले हनुमान ढोका दरबार क्षेत्रका १० वटा संरचना ध्वस्त र कुमारी वहालसहित २१ वटा संरचना आंशिक क्षति भएको विवरणमा राखिएको थियो । त्यस बेला नै कुमारी घरलाई ध्वस्त प्रकृतिमा राखिनु पर्नेमा नराखिएको अधिकारीहरुको भनाइ छ । आंशिक क्षतिमा राखिएपछि तत्काल मर्मत सम्भार नभएको, अन्य विभिन्न समयमा मर्मत सम्भारको काम भएको देखिए पनि विषय विज्ञको उपस्थिति नभएका कारण यसले वहालमा क्षति गरेको प्रतिवेदन उल्लेख छ । 

मर्मतमा अग्राखको काठ, पक्की इटा जस्ता टिकाउ निर्माण सामाग्रीमा ध्यान नदिइएको, भित्तेचित्रको पुरातात्विक वातानुकुलित संरक्षण हुन नसकेको, घरको पश्चिम तर्फको भाग भास्सिएकाे हुँदा छानो मर्मत पश्चात फ्लोर, वाल, झ्याल ढोका लगायतको संरक्षण एकै पटक गर्नु पर्ने देखिएको छ । 

कुमारी घरको ऐतिहासिक पृष्ठभूमि 

राजा जय प्रकाश मल्लका पालामा वि. सं. १८१४ मा यो वहाल निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवार शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेश द्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीन तले चौघेरा संरचना सहित झिंगटी छाना भएको घर बसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी कुमारीको निवास हो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्