११ असोज २०८३, आइतबार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

अ
अ+
अ-

धरान, असार २४ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध बिचौलियाको काम गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रतिष्ठान परिसरमा बिचौलियाको गतिविधि भइरहेको सूचनाका आधारमा असार २४ गते धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि विशेष निगरानी गरिएको थियो। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले बिचौलियाको गतिविधिमा संलग्न रहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सुनसरी, मोरङ, उदयपुर, सप्तरी र भोजपुरका विभिन्न स्थानीय तहका २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू रहेका प्रहरीले जनाएको छ। उनीहरूमा रञ्जितकुमार चौधरी, रबिना मण्डल, हस्त श्रेष्ठ, सागर पोखरेल, सान्बिन किराती, मनिष बुढाथोकी, उमेशकुमार चौधरी, धिराेज निरौला, रोहित मेहता र विनोद महतो रहेका छन्।
प्रहरीका अनुसार बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट औषधि खरिद गराइदिने भन्दै प्रभावमा पार्ने र त्यसबाट अनुचित लाभ लिने उद्देश्यले बिचौलियाको काम भइरहेको सूचनापछि कारबाही गरिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ

अमेरिका–चीन प्रतिस्पर्धा ‘स्वस्थ र सीमाभित्र’ हुनुपर्छ : सि जिनपिङ...

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता

साना नदीमा बाढीको जोखिम, १३ जिल्लामा उच्च सतर्कता...

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता

युएन महासभामा प्रधानमन्त्री शाहको माग: जलवायु संकटमा जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता...

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्