काठमाडौं , साउन २३ । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस–१ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।
त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाएको थियो। तर, आयोगबाट सुरु भएको प्रक्रिया पूर्ण हुन नसक्दा पुर्जा वितरण हुन सकेन।
विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा परशुराम नगरपालिका–१२ अन्तर्गत खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा थिए।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि १२ परिवारले अन्ततः आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने लालपुर्जा प्राप्त गरेका हुन्। यससँगै वर्षौंदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्वको प्रमाण नपाएका स्थानीयको लामो प्रतीक्षा अन्त्य भएको छ।
More from NewaTimes
नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार
नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार...
१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी
१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी...
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...
नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य
नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...
वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ
वीरगञ्जमा पेट्रोलियम पदार्थ चोरी गर्दै सात जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment