काठमाडौं, साउन २२ । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित एक आयल सेन्टरबाट पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गरिरहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार विहीबार साँझ करिब ५:१० बजे भारतबाट आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट सिलमा जडान गरिएको फलामको पाइपको हुक उचालेर तेल निकालिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा हेर्ने २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसहित आवश्यक नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
More from NewaTimes
३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा
३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा...
नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार
नेपालमा बुक पोस्ट सेवा बन्द भएको होइन : सरकार...
१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी
१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोडभन्दा बढी लगानी...
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव
मानव बेचबिखन नियन्त्रण संशोधन विधेयकमा २२ वटा बुँदा संशोधन गर्न सुझाव...
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा...
नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य
नेपाललाई चीन–दक्षिण एसियाबीचको आर्थिक सेतु बनाउने सरकारको लक्ष्य...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment