ग्यास अभावबारे छलफलमा आयात बढाउने र वितरण प्रणाली सुदृढ गर्ने निर्णय

अ+
अ-

काठमाडौं, साउन १९ । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्यालाई लिएर मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल भएको छ।
छलफलमा विभिन्न मन्त्रालयका सचिव, नेपाल आयल निगमका पदाधिकारी तथा ग्यास उद्योगी सहभागी भएका थिए। बैठकमा बजारमा देखिएको ग्यास अभावको अवस्था, त्यसका कारण र तत्काल समाधानका उपायबारे विस्तृत छलफल भएको थियो।
ग्यास उद्योगीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेकाले माग एक्कासि बढेको जानकारी दिएका थिए।
छलफलमा आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आयात बढाउने, आपूर्ति व्यवस्थालाई सहज बनाउने र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्ने निर्णय भएको छ।
मुख्य सचिव कार्कीले ग्यास आपूर्ति र वितरणमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवाला निकायसँग आगामी दिनमा पनि निरन्तर छलफल र समन्वय जारी राखिने बताएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड...

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान...

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त

निःशुल्क उपचार सेवा सहजीकरणका लागि डा. नवराज जोशी फोकल पर्सन नियुक्त...

काठमाडौंका होटल–रेष्टुरेन्टमा धूमपान नियन्त्रण गर्न प्रशासनको निर्देशन

काठमाडौंका होटल–रेष्टुरेन्टमा धूमपान नियन्त्रण गर्न प्रशासनको निर्देशन

काठमाडौंका होटल–रेष्टुरेन्टमा धूमपान नियन्त्रण गर्न प्रशासनको निर्देशन...

परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

परराष्ट्र मन्त्रालयले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’...

काठमाडौं उपत्यकाका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वय र साझा प्रयासमा जोड

काठमाडौं उपत्यकाका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वय र साझा प्रयासमा जोड

काठमाडौं उपत्यकाका स्थानीय तहबीच विपद् व्यवस्थापनमा समन्वय र साझा प्रयासमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्