मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

अ+
अ-

काठमाडौं, साउन १३ । मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बसेको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ। यस निर्णयसँगै विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान प्रक्रिया थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ।
यस्तै, मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
सरकारका यी निर्णयहरू कानुनी सुधार, संस्थागत व्यवस्थापन तथा प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान...

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन...

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?...

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्