हुण्डी र अवैध मुद्रा कारोबारमा दुई पक्राउ


अ+
अ-

काठमाडौं, चैत २ । हुण्डी तथा अवैध मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नगदसहित पक्राउ गरेको छ।

नेपाल प्रहरी अन्तर्गतको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागार्जुन नगरपालिका–८ भीमढुङ्गा क्षेत्रमा अवैध मुद्रा कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका तीन थान चेकबुक, १७ लाख २० हजार रुपैयाँ बराबरका तीन थान चेक, विभिन्न बैंकका चार थान एटीएम कार्ड, एक थान नागरिकता, चार पाङ्ग्रे दुईवटा र दुई पाङ्ग्रे एकवटा सवारी साधन, तीन थान सवारी दर्ता किताब, विभिन्न कम्पनीका छवटा मोबाइल फोन, एनसेल र एनटीसीका ३१ थान सिमकार्ड तथा एक थान कम्प्युटर सेट बरामद गरेको जनाएको छ।

त्यसैगरी क्रिप्टो कारोबारसँग सम्बन्धित भनिएको बाइनान्स खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी रकमसमेत फेला परेको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक...

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ...

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्