१२ जेठ २०८३, मंगलबार

रमेश भुषालकाे कृति ‘छालबाटो’लाई पद्मश्री पुरस्कारकाे घाेषणा


अ+
अ-

काठमाडौं, भदाै १५ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले दिंदै आएकाे पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ दिईने भएकाे छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ । २०८१ मा प्रकाशित तथा प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएको थियो । ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिस अनुसार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा जनाईएकाे छ ।

रमेश भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।

यस्तै, प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा. डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनी साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय छन् ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा आज जारी गरिएकाे विज्ञप्ति अनुसार यी पुरस्कारको राशि जनही तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिनेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक...

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ...

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर (हिट वेभ)को चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्