१२ असोज २०८३, सोमबार

काठमाडौंका होटल–रेष्टुरेन्टमा धूमपान नियन्त्रण गर्न प्रशासनको निर्देशन


अ
अ+
अ-

काठमाडौं, साउन २१ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल तथा रेष्टुरेन्टमा जथाभावी धूमपान हुने गरेको गुनासो आएपछि कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।
बुधबार जारी गरिएको सूचनामा काठमाडौं जिल्लाभित्रका होटल तथा रेष्टुरेन्टमा हुक्का, चुरोटलगायतका सुर्तीजन्य पदार्थ अव्यवस्थित रूपमा सेवन हुने गरेको र त्यसबाट धूमपान नगर्ने व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको गुनासो प्राप्त भएको उल्लेख छ।
प्रशासनले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धूमपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन, धूमपान गर्न मिल्ने स्थानलाई चारैतर्फबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
सूचनामा होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै प्रशासन र सम्बन्धित निकायबाट हुने अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सबै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई धूमपान नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि आग्रह गरेको छ। बजारमा युवाहरूमा भेपले व्यापकता लिइरहेकाे अवस्थामा जिल्ला प्रशासन कार्यालय यसमा भने माैन रहेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह

इन्द्रसरोवर तालको पानी बढेपछि भैंसे–सिस्नेरी सडकमा रातभर सवारी रोक्न प्रशासनको आग्रह...

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध

त्रिशूली नदीले सडक कटान गर्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध...

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै

नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै...

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए

भोटेकोशी विपद्लाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाह स्वदेश फर्किए...

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल

भारी वर्षा, बाढी–पहिरो र हिमपातको जोखिम : डिमानद्वारा उच्च सर्तकता अपनाउन अपिल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्