११ जेठ २०८३, सोमबार

तराईमा अत्यधिक गर्मी र ताताे हावाकाे लहर, सर्वसाधारणलाई सतर्क रहन आग्रह


अ+
अ-

काठमाडौं, जेठ ९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर (हिट वेभ) को सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
प्राधिकरणले शनिबार सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार जेठ ६ गतेदेखि तराईका केही भू–भागमा तापक्रम तीव्र रूपमा बढेको जनाएको छ। आजदेखि आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ। यस्तै कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी जिल्लालाई पनि अत्यधिक गर्मीको प्रभाव पर्न सक्ने क्षेत्रका रूपमा उल्लेख गरिएको छ।

अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा मांसपेशी दुख्ने समस्या देखिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले चर्को घाममा सकेसम्म बाहिर ननिस्कन, हल्का र खुला कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन तथा स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक...

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ

सुनको सिक्री लुटपाट र बिक्रीमा संलग्न दुई जना पक्राउ...

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड

ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड...

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन

बाजुरा-हुम्ला सीमा विवाद अध्ययनका लागि समिति गठन...

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित

चर्या गुरु यज्ञपतिमान बज्राचार्य सम्मानित...

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे

एमालेभित्र नेतृत्व हस्तान्तरणकाे वहस चर्कियाे...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्